संजय दत्तका ३०८ गर्लफ्रेण्डः ‘संजु’को टिजरमा रणवीरलाई हेर्नुहोस्

ENTERTAINMENT
Spread the love

एजेन्सी – मुम्बई संजय दत्तको बायोपिक चलचित्र ‘संजु’को टीजर रिलिज भएको छ । निर्देशक राजकुमार हिरानीको चलचित्रमा रणवीर कपुरले संजय दत्तको भुमिका निर्बाह गरेका छन् ।

टीजरमा संजय दत्तको जीवनका कयौ रहस्य उजागर गरिएको छ । जसमा रोमान्सका किस्सा समेत रहेको छ ।

ति मध्ये केही अहिलेसम्म उनको बारेमा बाहिर नआएका पल समेत रहेका छन् । टीजरको एक सिनमा संजयको ३०८ गर्लफ्रेण्ड र एके–५६ राइफल रहेको रणवीरले भनेको समेत देख्न सकिन्छ ।

सडकमा भीख मागे

संजयले चार्टर प्लेनमा घुमेको धेरैलाई थाहा होला । तर उनले सडकमा भिख मागेको कमैलाई मात्र थाहा छ । चलचित्रको टीजरमा संजयले सडकमा भिख मागेको समेत देखाइएको छ ।

टीजरको एक डाइलगमा उल्लेख छ – चार्टर प्लेनमा पनि घुमेको छु । एक बसको टिकटका लागि सडकमा पनि भिख मागेको छु ।

डाक्टरले बाँच्न मुस्किल भनेका थिए

चलचित्रको टीजरमा संजुको एक डाइलगमा उनी २२ बर्षको हुँदा धेरै ड्रग्स लिन्थे र सो कारणले डाक्टरले बाच्न मुस्किल भएको बताएको उल्लेख छ ।

बिना झ्यालको जेल

टिजरमा संजु बिना झ्यालको जेलमा समेत रहेको उल्लेख गरिएको छ । सो समय उनलाई दिन र रातको समेत थाहा हँुदैन थियो । टीजरमा उनको एक डाइलग छ – न्युयोर्कमा म त्यो होटलमा बसेको छु जुन होटलको एक झ्यालबाट पुरै सहर देखिन्थ्यो । अनि त्यस्तो जेलमा पनि बसेको छु जुन जेलमा एक झ्याल पनि थिएन ।

टिजर यस्तो छ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *