काठमाडौं – नेपाल फ्रान्स दौत्य सम्बन्ध मजबुत बनाउने उद्देश्यको साथमा राजधानीमा भब्य कार्यक्रमको आयोजना ।
नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापित भएको ६९ वर्ष पुरा भएको उपलक्ष्यमा नेपाल फ्रान्स मैत्री संघले आइतबार एक कार्यक्रम आयोजना गर्यो ।
काठमाण्डौंको जमलस्थित यल्लो पेगोडा होटलमा आयाजित कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको छ ।
सन् १९४९ अप्रिल २४ देखि औपचारिक रूपमा नेपाल र फ्रान्स बीच मैत्री सम्बन्धको शुरुवात भएको थियो ।
कार्यक्रममा नेपाल फ्रान्स सम्बन्ध अझै मजबुत र सुमधुर बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा फ्रान्स र नेपालको बिचमा बिभिन्न समयमा भएको भेटघाट तथा औपचारिक सम्बन्धको विषयमा चर्चा गरिएको थियो ।
तत्कालिन फ्रान्सका शासक नेपोलियन तेस्रोको पालामा राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा सन् १८५० अगष्ट २ देखि १० अगष्टसम्म फ्रान्सको भ्रमण गरेका थिए ।
त्यही भ्रमणको प्रभावबाट नेपाली सैनिकमा सुधार गरिएको र ठूला–ठूला भवनहरू फ्रेन्च कालिगढकै शैलीमा निर्माण गरिएको कार्यक्रममा सहभागीले उल्लेख गरे ।
नेपालको संगीत देखि लिएर हरेक कुरामा फ्रान्स नेपालसँग प्रभावित भएको कुरालाई समेत वक्ताहरूले प्रष्ट्याएका थिए ।
अभिलेख
पृथ्वीनारायण शाहको समयमा पनि केही फ्रान्सेली सैनिकहरू कलकत्ता हुँदै गोरखा गई हातहतियार बनाउने तालिम दिएको अभिलेखमा पाइन्छ । फ्रान्सकै नियम कानुनको अनुसरण गरेर मुलुकी ऐन निर्माण गरेको कुरा पनि हाम्रो इतिहासमा उल्लेख छ ।
इतिहास
-सन् १९५० मा फ्रेन्च नागरिक मोरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि फ्रान्सेली जनस्तरमा नेपालको परिचय हुन थालेको हो।
-प्रताप मल्लको पालामा हनुमान ढोकामा लेखिएको शिला लेखसमेत फ्रेन्च भाषा रहेकोले नेपाल फ्रान्स सम्बन्ध धेरै पुरानो रहेको, नेपाल एकीकरणमा फ्रेन्चको सहयोग गरेको र वर्तमान अवस्थामा पनि पर्यटनलगायत कुरामा सहयोग आदनप्रदान भइरहेको बारेमा सहभागीले धारणा राखेका थिए ।
-सन् १९५८ र १९६० मा तत्कालिन राजा महेन्द्र शाहबाट अनौपचारिक भ्रमण र १९६६ मा राजकीय भ्रमण भएको थियो ।
-ती भ्रमणकै फलस्वरूप २४ अप्रिल १९६७ मा नेपालको आवासीय दूतावास र जुन महिनामा पेरिसमा नेपालको आवासीय दूतावास स्थापना गरी दुई देशवीच कुटनैतिक सम्बन्धको सुरुवात भएको हो ।
-सन् १९८१ र १९८९ मा तत्कालिन राजा वीरेन्द्र शाहले फ्रान्सको व्यक्तिगत र सन् १९९४ मा राजकीय भ्रमण गरेका थिए । फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले पनि सन् १९८१ मा नेपालको डेढ दिने भ्रमण गरेका थिए ।
नेपालमा विभिन्न सामाजिक कार्यक्रम संचालन गरी नेपाली जनजीवनलाई क्रियाशील गराई दुई देशबीच मैत्री भाव कायम गरी जनस्तरमा समेत मैत्री सम्बन्धलाई विस्तार गरिएको नेपाल फ्रान्स मैत्री संघकी उपाध्यक्ष सोमा पन्तले जानकारी दिइन् ।
कार्यक्रममा झन्डै एक दर्जन पूर्व राजदूतको उपस्थिती थियो ।