मेरो ज्यान मार्ने प्रयास भयोः प्रमुख निर्वाचन आयुक्त यादव(भिडियो)

भिडियो
6 Shares

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको घरमा आइतबार राति बम विस्फोट भएको छ ।

राति ८ः२० को समयमा ललितपुर हात्तिवन स्थित यादवको घरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

विष्फोट बाट घरको पर्खालमा क्षति पुगको छ । घरका सिसाहरु फुटेका छन् । बम विस्फोट भएको प्रहरीले बताएको छ ।

विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । राति ठूलो आवाज आएसँगै स्थानीय त्रसित भएका थिए । उत्त, समयमा त्यहाँ भागदौड समेत मच्चिएको थियो ।

वम विष्फोटको खबर आए लगत्तै नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

कसले र किन विस्फोट गरायो भन्ने विषयमा विस्फोट गराउने समुहको खोजि कार्य जारी रहेको ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश एेर जानकारी दिए ।

घटनापछि राति यादवले भने,
-मलाई मार्ने प्रयास भएको छ ।
-भएको एउटा घरमा क्षति भयो भने कहा वस्ने के गर्ने ?
-गृह मन्त्रालयले दिएको सुरक्षाकर्मीलाई फिर्ता बोलाउँदा यस्तो घटना भएको हो ।

थप जानकारीको लागि भिडियो हेर्नुहोस्ः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *