काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा दुईवटा ब्यानर राखिएको छ ।
लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा भएको छ ।
लफडा भएपछि कार्यक्रममा दुईवटा ब्यानर राखिएको थियो ।
ब्यानरमा कम्युनिष्ट नेता लेनिनको तस्वीर नराखिएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हो हल्ला गर्दै विरोध जनाएपछि ब्यानर झिकिएको थियो ।
ब्यानर झिकेपछि तीन घण्टा कार्यक्रम स्थगित भएको थियो । त्यपछि दुईवटा व्यानर राखिएको हो ।
कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले मार्क्स र लेनिनको तस्वीर मञ्चमा मेचमाथि राखेका थिए ।
लफडाको भिडियो हेर्नुहोस्ः