पेस्तोलसहित ठमेलबाट पक्राउ परे २० बर्षीय शिकारी

UNCATEGORIZED
10 Shares

काठमाडौं – काठमाडौंको पर्यटकीय स्थल ठमेल पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापको केन्द्र बन्दै गएको छ ।

यसैबीचमा ठमेल ज्याठावाट पेस्तोलसिहत २० बर्षका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर हेटौंडा-९ स्थायी घर भएका २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रहरी टोलीले शनिबार युवकलाई पक्राउ गरेको हो ।

यस घटनाको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *