३० हजार घुससहित लालबाबु पण्डित पक्राउ

अपराध
13 Shares

महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई धुस रकमसहित पक्राउ गरेको छ ।

बुधबार दिउँसो नेपाल विद्युत प्राधिकण, जलेश्वर बितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुले थ्री फेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *