निर्देशक प्रशन्नको दोस्रो बिहे नर्ससँग

ENTERTAINMENT
Spread the love

निर्देशक प्रशन्न पौडेल बिबाह बन्धनमा बाँधिएका छन् । उनले बुधबार बिहे गरेका हुन् ।

सर्लाही निवासी श्रृष्टी खतिवडासँग उनको मागी बिबाह भएको हो । श्रृष्टी पेशाले नर्स हुन् ।

उनीहरुले काठमाण्डौको एक मन्दिरमा बिहे गरेका थिए ।

उनीहरुको बिबाहमा मिडियाकर्मी र फिल्मीकर्मीको उपस्थिती न्यून थियो ।

प्रशन्नको निर्देशनमा तयार भएका केही म्यूजिक भिडियोमा काम गरेका मोडलहरु बिबाहमा पुगेका थिए ।

प्रशन्नले यसअघि मोडल सिम्पल खनालसँग बिहे गरेका थिए ।

तर, सिम्पल र उनको बिबाह १ बर्ष पनि टिकेन ।

पछिल्लो समय पौडेल नेपालमा भन्दा अमेरिकामा धेरै बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *