यातायात व्यवसायीको आन्दोलन प्रति सर्वसाधारणको यस्तो आक्रोश

NEWS
Spread the love

काठमाडौं – सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

उनीहरुले वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट यातायात व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । सरकारले केही जिल्लाका रुटमा रुट परमिट दिएदेखि नै यातायात व्यवसायीहरु रुस्ट थिए ।

सरकारविरुद्ध यातायात व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेपछि सर्वसाधारणले समाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एरावतले लेखेका छन् – ‘सरकार विरुद्ध सिन्डिकेट यातायात । सिन्डिकेट हटाउ, देश बचाउ, जनताले सरकारलाई सहयोग गरौ ।’

अनन्त कोइरालाले यसो लेखेका छन् – ‘यो सरकार र यातायात व्यवसायीको ङ्यारङ्यार ङुरङुर मन परिराको छैन । यसो गर्छु र उसो गर्छु भनेर धम्क्यार नबसौं त। कसले शुरु गर्ने हो हात छोडिहालौं । एक्सन नभै मज्जा आएन।’

त्यस्तै विमल नेपालको पोस्ट यस्तो छ – ‘ देश बिकास हुन्छ ,जनतालाई सुबिधा हुन्छ सिन्डिकेट हटाउँ भन्दा यी गाडिवालले उल्टै आन्दोलनको घोषणा गरे । यिनको चुरिफुरि र धम्किले जनताको रगत उम्लदैछ । सरकार अगाडि बढ , पछिपछि ३ करोड जनता छ ।’

जगदिश भट्टराइ लेख्छन् – ‘तिसौं लाखका गाडी राख्ने, सिण्डिकेट बनाएर सर्वसाधारण ठग्ने र बेतोड कमाउने, बर्षको ४५०० कर तिरेर हरेक बर्ष नयॉ गाड़ी किन्ने यातायात व्यवसायी आफुलाई गरिब भन्दैछन् ।’

किशोर सुवेदीको पोस्ट यस्तो छ – ‘यातायात व्यवसायीः सिन्डिकेट कायम राख्न जस्तोसुकै कदम चाल्न तयार ।
सरकारः सिन्डिकेट तोड्न जस्तोसुकै कदम चाल्न तयार । हेरौं यि दुई को जुहारीमा बिजेताको हुनेछ ।
दुबैलाई शुभकामना । जित जनताको पक्षको होस् ।’

आनन्द राज बतास लेख्छन् – ‘सार्वजनिक यातायातका क्षेत्रमा स्वस्थ र व्यवस्थित प्रतिस्पर्धा हुनुपर्छ । यातायात समिति नवीकरण नगर्ने निर्णय सकारात्मक भए पनि यससँगै भोलिका दिनमा यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सरकार स्पष्ट हुनुपर्छ । नत्र, झन् भद्रगोल हुने स्थिति आउनसक्छ ।’

कमल पोख्रेलले ट्वीटर वालमा पोस्ट गरेका छन् – ‘सिन्डिकेटको एकमात्र समाधान, यदि यातायात व्यवसायलाई मर्यादित बनाउने हो भने, सरकार तिमी पनि संस्थान अन्तर्गत देशभर आफ्नै गाडी चलाऊ १ होइन भने व्यवसायीसंग झुक्नुको विकल्प छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *