काठमाडौं । धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमाल (गोपी)की छोरी सम्पर्कविहीन भएकी छन् ।
भारतको गोवाबाट जेठी छोरी आरती सम्पर्कविहीन भएको नगर प्रमुख हमालले बताए ।
गत सोमबार गोवाको जोरबा वाइब आश्विन ब्रिजबाट आरती सम्पर्कविहीन भएकी हुन् ।
ओशो साधक आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् ।
गोवा बस्ने शुभचिन्तक, दाजुभाई, दिदिबहिनीलाई छोरीको खोजी कार्यमा सहयोग गरिदिन हमालले अपिल गरेका छन् ।