भिस्ताराले काठमाडौं-दिल्लीको दोस्रो उडान बुधबारबाट थाल्ने

NEWS
Spread the love

काठमाडौं । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्लीका लागि दोस्रो दैनिक उडान बुधबारबाट सुरु गर्ने भएको भएको छ ।

टाटा समुह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराको दोस्रो उडान बिहान १०ः४० बाट हुनेछ ।

भिस्ताराको ए ३२० नेव जहाजमार्फत हुने अत्याधुनिक उडानमा तीन कक्षको ‘कन्फिगरेशन’का साथ सञ्चालन हुनेछ ।

रुटमा बिजनेश र प्रिमियम इकोनोमिको साथै इकोनोमि क्लासको समेत सुविधा प्रदान गरिनेछ । बिस्ताराले यात्रुका लागि टिकट बुकिङ वेवसाइट, मोवाइल एप र ट्राभल एजेन्टमार्फत खुला गर्नेछ ।

भिस्तराले गरेको यो उडानले यात्रुलाई लण्डन, पेरिस, फ्र्याङफर्ट लगायत भारतीय सहरहरु जस्तैः  मुम्बई, बेंगलुर, अहमदावाद, देहरादुन, कोच्चि, गोवा, चेन्नाई, पुणे र अन्य लोकप्रिय लामो दुरीको गन्तब्यहरुमा ‘एक–स्टप’ उडान लिन सक्षम बनाउनेछ ।

एयरलाइन्सका नेपालस्थित कार्याकारी अधिकृत प्रशन्न अधिकारीले भिस्ताराको काठमाडौं–दिल्लीको दोसो उडान बुधबारबाट बिहान १०ः४० देखि सुरु हुने बताए ।

उनले भने, ‘भिस्ताराले बिगतदेखि नै साँझको उडान भर्दै आएको थियो । यसले दोस्रो उडान पनि भर्ने छ । बिहान १०ः४० बजे जहाज काठमाडौंबाट दिल्लीका लागि उड्नेछ । यो ब्यवस्था बुधबारबाटै लागू हुनेछ । यसअघि साँझ ५ः०० हुँदै आएको उडान पनि यथावत नै रहनेछ ।’

बिहानीको उडान भर्न जहाज दिल्लीबाट ७ः४० मा काठमाडौंका लागि उड्नेछ ।

जहाज काठमाडौंमा ९ः४० मा अवतरण गर्नेछ ।

काठमाडौंबाट भने दिल्लीका लागि जहाज १०ः४० उड्नेछ ।

दिल्लीमा जहाजले १२ः१० मा अवतरण गर्नेछ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समुह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ ।

नेपालसहित यसले विश्वका बिभिन्न ३० गन्तब्य स्थानमा नियमित उडान भदैै आएको छ ।

एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

यात्रुले उडान तथा एयरलाईन्सका सम्बन्धमा थप जानकारी लिन चाहे नजिककाे ट्राभल एजेन्ट र नेपालस्थित कार्यलयमा सम्पर्क गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *