काठमाडौंमा ‘ब्वाइज नट आलाउड अन स्टेज’ कार्यक्रम

NEWS
Spread the love

काठमाडौं । यौनिक अल्पसंख्यक, महिला सशक्तिकरण तथा लैंगिक समानताका लागि काठमाडौंमा ‘ब्वाइज नट आलाउड अन स्टेज’ कार्यक्रम सम्पन्न भएको छ ।

फ्रान्सकी चर्चित गयिका, युटुबर तथा डिजे जस्मिन डाकिनी13 को प्रमुख आतिथ्यतामा ठमेलको ‘डे ला सोल’ रेस्टुरेन्टमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मोकिा तामाङ, जस्मिन डाकिनी13, एन्जी, जाहेलु लगायतले डिजे प्रस्तुती दिएका थिए ।

यौनिक अल्पसंख्यक र महिला कलाकारबीचको सहकार्य र नेटवर्किङ (विशेषतः इलेक्ट्रोनिक संगीत) मा प्रोत्साहन गर्ने उदेश्यले मञ्जिल माया नेपालले कार्यक्रम आयोजना गरेको हो ।

समुदायमा पुरुष र महिलाबीचको सन्तुलन प्रवर्द्धन गर्ने तथा समानता र सन्तुलनलाई प्रोत्साहित गर्ने आयोजकको उदेश्य छ ।

काठमाडौंबाट बेपत्ता भएकी कलाकार जेरुशा राईको सम्झनामा समेत कार्यक्रम समर्पित गरिएको डिजे मोनिका तामाङ गोलेले बताइन् । जेरुशा २०२२ सेप्टेम्बर २२ देखि बेपत्ता छिन् । उनको अवस्था अझै अज्ञात छ ।

संगीतिक कलामार्फत लैङ्गिक समानता, समावेशीताको पक्षमा आवाज सशक्त बनाउँदै लैजाने उनले बताइन् ।

नेपालमा आएर यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको कार्यक्रमकी प्रमुख अतिथि तथा फ्रान्सकी चर्चित गयिका, युटुबर तथा डिजे जस्मिन डाकिनी13 ले बताइन् ।

कार्यक्रममा नेपाली युवायुवतीसहित बिदेशी युवा युवतीको समेत उल्लेख्य सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *