डिजी पेद्वारा विभिन्न फ्रान्चाइजी व्यवसायी तथा संस्थासँग सहकार्य

BUSINESS
Spread the love

काठमाडौं । डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको हो ।

डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आवद्ध हुन सक्नेछन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ ।

डिजी पे, स्थानीय व्यवसाय साझेदार आवद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ । फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आबद्ध गराउनु हो ।

यसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको छ । यस योजना अन्तर्गत फ्रान्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको Target पूरा भएको अवस्थामा प्रति महिना रु.४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनीका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।

डिजी पेमा व्यवसायीहरूले निःशुल्क आवद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचार-प्रसार बाट उच्च मुनाफा आर्जन गर्न सक्नेछन् । आवद्ध हुँदा रु.५०० टपअप र सेवा शुल्कमा छुट, नेपालको न्युज टेलिभिजन च्यानल ए.बि.सि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रशारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको रु.८२५ को दुई वटा ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा बिभिन्न छुट, 21st Tech को Digital Marketing /App Develop मा विशेष छुट Binav Creation को Social Media Content Creation मात्र रु.१५,००० मा साथै डेलिभरी पार्टनर Easy Carrier बाट एकै दिनमा Pick up and Drop, तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ ।

यस व्यवसाय आवद्ध योजना अन्तर्गत व्यवसायीले निम्न फाईदा प्राप्त गर्न सक्ने छन्-

१. टपअप र सेवा शुल्कमा छुट

डिजी पेको सौजन्य रु.५०० आफ्नो डिजी पे मोबाइल एपमा निशुल्क टपअप गरी सो बराबरको रु.२५,००० सम्मको कारोबार ०% सेवा शुल्कमा ।

२. अब TV मा विज्ञापन सबैको लागि

ए.बि.सि न्युज टेलिभिजनमार्फत विशेष सहुलियतमा २ महिना सम्म रु.१ लाख ५० हजार बराबरको विज्ञापन (टेलिभिजन मार्फत) प्रशारण ।

३. व्यवसायी स्वास्थ्य कवच

ललितपुर सानेपा स्थित स्टार हस्पिटलको सौजन्य रु.८२५ को दुइ वटा गरी रु.१,६५० बराबर ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा १०% र औषधि खरिदमा ५% सम्मको छुट ।

४. राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन

द नेपालटप राष्ट्रिय दैनिक पत्रिकाको सौजन्य वार्षिक ग्राहकमा ५०% तथा वर्गीकृत विज्ञापनमा ७५% छुट र ६० cc color विज्ञापन मात्र रु.१५,००० मा ।

५. Digital Marketing / App Develop

21st Tech को सौजन्य फेसबुक, इन्सटाग्राम जस्ता Social Media हरुमा प्रिमियम प्याकेजको ५०% सम्म छुट तथा अन्य सेवाहरु (App/Web Develop) बाट व्यवसायलाई नयाँ उचाई दिनुहोस् ।

६. Social Media Content Creation

सामाजिक संजालमा अहिले चलेको रु.२५,००० भन्दा बढी पर्ने Reels & Shorts Videos, Binav Creations को सौजन्य मात्र रु.१५,००० मा बनाउनुहोस् ।

७. एकै दिनमा Pick up and Drop 

डेलिभरी पार्टनर Easy Carrier बाट एकै दिनमा Pick up and Drop मात्र रु.१०० मा गर्नुहोस् ।

८. Loyalty Points को विशेष पत्रिका

डिजी पेको सौजन्य प्राप्त सिलवर/गोल्ड क्यास (लोयलटि पोइंट) बाट डिजी पेको वर्गीकृत पत्रिका, विभिन्न मिडियाद्वारा आफ्नो सेवा/सामानमा गोल्डक्यास अफरको विज्ञापन, प्रचार-प्रसार गरी ग्राहक आकर्षित गर्नुहोस् र अझै मुनाफा कमाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *