अस्ट्रेलियामा वृहद अन्तक्रिया : Connecting Community Through Interaction

NEWS

अस्ट्रेलियामा वृहद अन्तक्रिया हुने भएको छ । Everest TV को आयोजनामा मे १३ शनिबार, 12 Good St, Granville मा Connecting Community Through Interaction हुन लागेको हो ।

अस्ट्रेलियाको नेपाली समुदायमा देखिएको समस्या, समस्या उत्पन्न हुनुको कारण तथा समस्या समाधान तथा न्यूनीकरणको लागि अन्तक्रिया गर्न लागिएको हो ।

अस्ट्रेलियामा सयौंको संख्यामा नेपाली समुदायका गैरनाफामूलक संघ-संस्था र दर्जनौं कम्युनिटी मिडिया छन् । नेपाली दूतावासले अस्ट्रेलियामा रहेका नेपालीले खोलेका गैरनाफामूलक संघ-संस्था र कम्युनिटी मिडियासँग मिलेर काम गर्ने हो भने अधिकांश समस्या समाधान गर्न सहज हुने आयोजकको विश्वास छ ।

‘अन्तरक्रिया कार्यक्रममार्फत अस्ट्रेलियामा रहेका नेपाली समुदायको वास्तविक समस्या पहिचान गर्नु एक महत्वपूर्ण कदम हो ।’ आयोजकको विश्वास छ, ‘अन्तरक्रिया कार्यक्रमले समस्या व्यक्त गर्न र समाधान गर्न सहयोग मिल्ने छ ।’

कार्यक्रममा प्रवेश निःशुल्क छ ।

अन्तरक्रिया कार्यक्रमका मुख्य उद्देश्य

१. नेपाली समुदायका विशेष गरी विद्यार्थी र अस्थायी भिसामा रहेका नेपाली नागरिकको वास्तविक समस्या चिन्न र बुझ्न प्रयास गर्ने ।

२. समस्या राख्न र समाधानको लागि सुझाव दिने अवसर प्रदान गर्ने ।

३. प्रवासमा रहेका नेपालीबीचमा आपसी सौहार्दताको विकास गर्न मद्दत गर्ने ।

कार्यक्रममा कसरी सहभागी हुन सकिन्छ ?

कार्यक्रममा सहभागी हुन अप्रिल ३० भित्र अनिवार्य दर्ता गर्नुपर्ने छ । लोजिस्टिक व्यवस्थापनका लागि दता अनिवार्य गरिएको हो । अप्रिल ३० पछि दर्ता रोकिनेछ ।

१५० जनाको क्षमता रहेको हलमा अहिलेसम्म १२० जनाले कार्यक्रममा सहभागी हुनको लागि दर्ता गरिसकेका छन् ।

अन्तरक्रिया कार्यक्रम मे १३, शनिबार दिउँसो १ बजे सुरु हुने छ, बेलुका ६ः२० मा सकिने छ ।

कार्यक्रम सकिएपछि खानपिनलगायत अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी कलाकारले आफ्नो प्रस्तुति देखाउने कार्यक्रम छ ।

कार्यक्रममा उपस्थित हुन नसक्ने व्यक्तिले अडियो या भिडियोमार्फत everestnewsaus@gmail.com मा इमेल पठाएर आफ्नो समस्या राख्न सक्नेछन् ।

५ मे शुक्रबार सम्म आयोजक Everest TV ले प्रश्न प्राप्त गरिसक्नु पर्नेछ Everest TV ले ३० अप्रिलसम्म ३०० वटा प्रश्न संकलन गर्ने लक्ष्य राखेको छ । तीमध्ये उचित प्रश्नहरु कार्यक्रमका लागि छानिने छ ।

कार्यक्रम किन आवश्यक छ ?

अस्ट्रेलियामा नेपालीहरू विशेष गरी विद्यार्थीका रूपमा आउने गर्दछन् । Working Visa या Skilled Migrant का रुपमा अस्ट्रेलिया आउने नेपालीको संख्या कम छ ।

‘समस्या कहिले पनि आफैं सिर्जना हुँदैन र त्यसको पछि केही न केही कारण पक्कै हुन्छ। यी समस्याहरू समाधानका लागि नेपाली दूतावास, कन्सुलेट जेनेरलको अफिस, गैरआवासीय नेपाली संघ, एजुकेसन एजेन्ट, कलेज, विभिन्न नेपाली संघ-संस्था, नेपाली कम्युनिटी मिडियाले के कस्तो भूमिका निर्वाह गर्न सक्दछन् र अस्ट्रेलियामा रहेको नेपाली समुदायको अपेक्षा के छ भनेर बुझन सजिलो हुने छ ।’आयोजकको दाबी छ, ‘विशेषगरी विद्यार्थीका समस्या बढी सुनिने गरेको कारण एजुकेसन एजेन्ट, एजुकेसन काउन्सिलर, माइग्रेसन एजेन्ट, कलेज सञ्चालकहरूका लागि भने प्रत्यक्ष रुपमा विद्यार्थीका समस्या सुन्न पाउने, आफूले गल्ती गरेको भए त्यसले अर्को व्यक्तिको जिन्दगीमा कसरी असर गर्दो रहेछ भनेर थाहा हुने र आफूलाई सुधार्ने अवसर पनि मिल्ने छ ।’

कार्यक्रम आयोजना गर्नुभन्दा पनि यसले दूरगामी प्रभाव करतो पार्दछ भन्ने कुरा महत्वपूर्ण रहेको आयोजकले बताए ।

कार्यक्रममा सहभागी व्यक्तिले गर्ने प्रश्न अनलाइन (इमेल) बाट प्राप्त प्रश्न र सिड्नीमा रहेका ५० भन्दा बढी एजुकेसन कन्सलटेन्ट, माइग्रेसन एजेन्ट कलेज सञ्चालक, कम्युनिटी लिडर, विद्यार्थी र अरू धेरै व्यक्तिहरूले गरेका प्रश्नहरू र स्पिकर प्यानलबाट आउने उत्तरका आधारमा एनालिस्ट प्यानलले
कार्यक्रमको गुणस्तरीयता र सफलताको मूल्यांकन गर्ने छ ।

पुरस्कार

कार्यक्रममा उत्कृष्ट प्रश्न गर्नेहरुमध्ये पहिलोलाई ३०० डलर, दोस्रोलाई २०० डलर र तेस्रोलाई १०० डलर पुरस्कारको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा उपस्थित व्यक्तिले गरेको भोटका आधारमा प्रथम, दोस्रो र तेस्रो छुट्याइने छ ।

सर्वेक्षण

आयोजकका अनुसार- कार्यक्रम सकिएको केही दिनपछि एक सर्वेक्षण गरिने छ । सर्वेक्षण, प्यानल अन्तरक्रिया कार्यक्रम र स्पिकरको उत्तरलाई डकुमेन्ट गरेर एनालिस्ट प्यानलले एक सिफारिस रिपोर्ट तयार गर्नेछ । उक्त रिपोर्ट अस्ट्रेलिया सरकार र नेपाल सरकारका सम्बन्धित निकाय, नेपाल शैक्षिक परामर्श संघ (ECAN) Australian Education Consultant Association (AECA), लगायत सम्बन्धित संघ-संस्था, कलेज तथा विश्वविद्यालयमा पनि पठाइने छ ।

नेपाली दूतावासको भूमिका

अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासले विशेष गरी अस्ट्रेलियामा रहेका नेपाली नागरिकलाई – Passport, Power of Attorney, Travel Document, NRN ID, Documentation Attestation, Translation, Renunciation of Nepalese Citizenship, No Objection Certificate and Consular Services दिँदै आएको छ । यी सेवा दूतावासको दैनिक कार्यक्षेत्र भित्र पर्ने विषय हुन् । यी बाहेक दूतावासबाट नेपाली मूलका विदेशी नागरिक वा अन्य देशका नागरिकले नेपालको भिसासम्बन्धी सेवा लिन सक्छन् ।

दूतावासको अतिरिक्त Honorary Consulate General of Nepal को अफिसबाट Visa, Documentation Attestation का साथै आपत् परेको बेलामा नेपाली नागरिकले आकस्मिक सेवाहरू लिन सक्छन् New South Wales, Victoria, South Australia, and Western Australia Honorary Consulate General of Nepal अफिस रहेको कुरा हामी सबैमा सर्वविदित नै छ ।

अस्ट्रेलियामा नेपालीको संख्या वृद्धि भएसँगै विभिन्न किसिमका समस्या बढ्दै गएको छ । एनआरएनए (NRNA Australia) अस्ट्रेलिया लगायत अरु धेरै कम्युनिटी संघ-संस्थाले आफूले सकेको सहयोग गरिरहेका छन् तर यी समस्या समाधानका लागि अस्ट्रेलियामा रहेको नेपाली दूतावासले महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *