एकल महिलाले जन्माएको र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न निर्देशन

NEWS
Spread the love

काठमाडौं, २०७९ चैत २२ गते । सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ ।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशका सबै (६ हजार ७४३) वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई चार बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो ।

विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ ।

त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ ।

बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्ने समेत निर्देशनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *