काठमाडौं, २०७९ चैत २२ । सिक्किममा गएको हिमपहिरोमा तीन नेपालीको मृत्यु भएको छ । तीन नेपाली घाइते भएका छन् ।
चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठको मृत्यु भएको हो ।
शिवको उमेर खुलेको छैन, आशिका २२ वर्षकी र मुना २९ वर्षकी हुन् । उनीहरू नेपालबाट सिक्किम घुम्न गएका थिए ।
घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ ।
हिमपहिरोमा सात जना भारतीय नागरिकको पनि मृत्यु भएको छ । उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका नागरिकको मृत्यु भएको हो ।
१२ जनाभन्दा बढी घाइते छन् ।
मंगलबार दिउँसो गान्तोक नाथुलापास जोड्ने नवाहरलाल नेहरू सडकमा हिमपहिरो गएको हो ।
चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकामध्ये एक हो ।
आकर्षक पर्यटकीय गन्तव्य भएको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।