रामेछाप । रामेछापमा रहेको ‘श्री गौरीशङ्कर बहुमुखी क्याम्पस’को संचालक समिति अध्यक्षमा सन्देश घिमिरे निर्वाचित हुनुभएको छ ।
शनिबार भएको अधिवेशनमा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो ।
सन्चार क्षेत्रमा क्रियाशिल घिमिरे सामाजिक अभियन्ता समेत हुनुहुन्छ ।
संचालक समितिको सदस्यहरूमा कुमारी हायु, लक्ष्मण कुमार घिमिरे र सरोज कटुवाल चयन हुनुभएको छ ।
अध्यक्ष घिमिरेले आफनो कार्यकाल नयाँ पुस्ताले सम्झन योग्य बनाउने बताउनुभयो ।
‘एक्लै लागि परेर गन्तव्यमा पुग्न सकिदैन’ घिमिरेले भन्नुभयो, ‘सबैको साथ र सहयोगले कार्यकाल उत्कृष्ट बनाउँछु ।’
रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले अधिवेशन उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा रामेछाप नगरपालिकाका वडाध्यक्ष, समाजसेवी तथा विद्यालयका प्रधानाध्यापकको उपस्थिति थियो ।