गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा यही मार्च १८ मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल २०२३ हुने भएको छ ।
नेपाल फेस्टिवल बारेमा जानकारी दिन एडिलेडमा आयोजित प्रेस मिटमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले साउथ अष्ट्रेलिया सरकारले नेपाल फेस्टिवललाई निकै महत्व दिदै प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलकोको उप नेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने बताउनुभयो । उहाँले साउथ अष्ट्रेलियामा नेपालीको उपस्थिति बढेसँगै सरकार तथा दलहरुले चासो लिन थालेको बताउनुभयो ।
फेस्टिवलमा अष्ट्रेलियन डलर एक लाख देखि एक लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ । जसमा २२ हजार डलर साउथ अष्ट्रेलिया सरकारको डिपार्मेन्ट अफ प्रिमियर एण्ड क्याविनेटले गरेको हो । सरकारबाट थप रकमका लागि पहल भइरहेको र बाँकी रकम प्रायोजनबाट संकलन हुने लामाले जानकारी दिनुभयो । फेस्टिवलको लागि १४ वटा समिति गठन गरी कामलाई तिव्रता दिइएको छ । संयोजक लामाले नेपाल फेस्टिवल दुई-दुई बर्षमा आउने नेपाली पर्व जस्तै भएको र सबैले सहयोग गरिरहनु भएकाले फेस्टिवल भव्य हुने बताउनुभयो ।
संयोजक लामाले तयारीका बारेमा जानकारी दिदै मार्च १८ शनिवार बिहान ९:३० बजे स्थानीय रन्डल महलबाट नेपाली झाँकीसहितको पदयात्रा हुने, साँझ ९:३० बजे नेपाली गित ‘यो मन त मेरो नेपाली हो’को संगितमा आतसबाजी हुने जानकारी दिनुभयो ।
स्थानीय म्यारियन काउन्सिलको काउन्सिलर समेत रहनुभएकी लामाले सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट लोकप्रिय कलाकार प्रकाश सपुत, प्रिती आले, टिका प्रसाई, देबेन्द्र बब्लु लगायत आउने बताउनुभयो । साथमा एडिलेडमा रहेका नेपाली कलाकारले समेत प्रस्तुती दिनेछन् । फेस्टिवलबाट नेपाल र नेपाली कला-संस्कृति, साउथ अष्ट्रेलियामा रहेका बहुसंस्कृति विश्वलाई चिनाउने प्रयास गर्न लागेको लामाले बताउनुभयो ।
टोरेन्स युनिभर्सिटी अष्ट्रेलियाले बुमेराङ इन्टरनेशनल एजुकेशन सर्भिससँग सहकार्यमा मुख्य प्रायोजन गर्ने फेस्टिवलमा २० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । मुख्य प्रायोजकमध्येको बुमरेङ इन्टरनेशनलका निर्देशक आशिष वाग्लेले नेपालीहले ठूलो इभेन्ट गर्न सक्छन् भनेर नेपाली समुदायको सामर्थ्यता समेत प्रदर्शन गर्ने भएकाले आफूहरुले प्रायोजन गर्न लागेको बताउनुभयो । उहाँले नेपाल प्रवर्धन गर्ने नेपाली समुदायको अभियानमा सहयोगी हुन पाउँदा खुशी लागेको बताउनुभयो । अर्का मुख्य प्रायोजक टोरेन्स युनिभर्सिटीका मुख्य कार्यकारी रोमेज मौकाचरले आफ्नो युनिभर्सिटीमा रहेका ११ हजारभन्दा बढी विद्यार्थीमा ठूलो संख्या नेपाली विद्यार्थी भएकाले र आफूले नेपाललाई नजिकबाट चिनेकाले पनि यो महोत्सवलाई प्रायोजन गर्न तयार भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्टल व्यवस्थापन संयोजक अशोक केशीले ४० वटा स्टल हुने जसमा १० वटा ठूला स्टल हुने बताउनुभयो । परेड व्यवस्थापन समिति संयोजक सुरेन्द्र रेग्मीले परेडलाई आकर्षक बनाउन नेपाल झल्कने जाति, भाषा-भाषीका झाँकीसहित हुने बताउनुभयो । नेपाल हाउस व्यवस्थान समिति संयोजक गणेश पराजुलीले नेपालका हिमाल देखि तराई सम्मका पहिचान झल्कने गरी नेपाल हाउस बनाउने बताउनुभयो । मिडिया समवन्य समिति संयोजक नारायण खड्काले नेपाली बाहेकका अन्य भाषा-भाषीका मिडिया तथा मुलधारका मिडियालाई समेत फेस्टिवलमा निमन्त्रणा गरिने बताउनुभयो ।
प्रेस मिटमा एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष संजय पुरीले विगतका नेपाल फेस्टिवलको चर्चा गर्दै प्रवासमा हुर्केको पुस्तालाई नेपाल चिनाउने उद्देश्य रहेको बताउनुभयो । सचिव विनोद बानियाँले कार्यक्रमको सुरुवात गर्दै आम एडिलेडवासी नेपालीलाई आफ्ना विश्वविद्यालय वा कार्यक्षेत्रमा पनि व्यक्ति-व्यक्तिसमक्ष प्रचार-प्रसार गर्न अनुरोध गर्नुभयो ।
फेस्टिवलका लागि १४ वटा उपसमिति गठन गरिएको छ । जसमा स्टल व्यवस्थापन समिति :- संयोजक अशोक केशी, उप संयोजक देवराज कडेल, Event Management समिति :- संयोजक राजु उपाध्याय, सहसंयोजक सन्तोषी गौतम, परेड व्यवस्थापन समिति:- संयोजक सुरेन्द्र रेग्मी, सहसंयोजक शिव काफ्ले, नर्सिङ स्टेशन संयोजक:- सुर्य आचार्य उप संयोजक निलम महत, अतिथि सत्कार समिति:- संयोजक हेम श्रेष्ठ, सह संयोजन प्रतिष्ठा गौतम, प्रायोजन समिति:- संयोजक रेनुका लामा, नेपाल हाउस निर्माण समिति:- संयोजक गणेश पराजुली, सह संयोजक पुष्कर कोइराला, स्वयंसेवक व्यवस्थापन समिति :- प्रमुख थीर गुरुङ, उप प्रमुख युवराज पहाडी , निमन्त्रणा समिति :- संयोजक कपिल पाण्डे, मिडिया समवन्य समिति :- संयोजक नारायण खड्का, उप संयोजक बालगोपाल उपाध्याय, मार्केटिङ र प्रचार समिति:- संयोजक आर के शर्मा उप संयोजक छेदा लामा, सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति:- संयोजक क्षितिज सापकोटा, सह संयोजक सागर श्रेष्ठ, भिडियो ग्राफी:- संयोजक रिजन केशी उप संयोजक निजम केशी रहनुभइको छ ।