त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त नेशनल कलेज अफ इन्जिनियरिङ (NCE) ले यो वर्षको प्रविधि मेला “यात्रा” (४ दशमलव शून्य) संस्करण आउदो माघ ६ र ७ गते आयोजना गर्ने भएको छ।
विद्यार्थीलाई विभिन्न प्रविधिसँग अद्यावधिक गर्नु र प्लाटफर्म प्रदान गर्ने उदेश्यले कार्यक्रम हुन लागेको हो ।
हरेक वर्षझैँ यो वर्ष पनि रिसर्च एन्ड डेभलपमेन्ट विभागको निगरानीमा क्याम्पसमा स्नातक तहका विभिन्न विभागमा अध्ययनरत कम्युटर, सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयका विद्यार्थीको समूहले यात्रा ४ दशमलव शून्यको यात्रा तय गरेका हुन् ।
प्रविधि मेलालाई शैक्षिक अनलाइन नेपाल शिक्षा, रेडियो अन्नपुर्णको कार्यक्रम शैक्षिक सन्दर्भ, इलेक्ट्रा इलेक्ट्रिक कम्पनी, दुरशिक्षा, ब्रोडवय इन्फोसिस, एमबि बैंक आदिको साथ रहेको छ ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक समुहको तर्फबाट संयोजक अमृतमान तुलाधरले जानकारी दिनुभयो ।
अन्य विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षकलाई स्थलगत अवलोकनको लागि अआउन समेत आयोजकले आग्रह गरेको छ।