काठमाडौं । नयाँ बर्ष २०२३ को शुभारम्भसँगै बिनभ क्रियसनको दोश्रो प्रस्तुती हास्य शृंखला सजिलो छ त ? को छायांकन प्रारम्भ भयको छ ।
सुरेन्द्र सिग्देल निर्माता रहेको शृंखलाको लेखन लोकेन्द्र भण्डारीको छ भने निर्देशन नेत्र बिक्रम खड्काले गर्नुहुनेछ । समीर जोशी निर्माण सल्लाहकार हुनुहुन्छ ।
समसायिक पारिवारिक कथा रहेको उक्त शृंखलाको भक्तपुर गुन्डुमा छायांकन भइरहेको छ ।
शृंखला छायांकन बिनोद श्रेष्ठ, सम्पादन सुनिल श्रेष्ठ, शब्द नवीन थापा, संगीत नवीन रवल स्वर:बादल थापा मगर, नवीन रवल, संगित संयोजक सुबिन सन्चुरी, श्रृंगार सुष्मा श्रेष्ठ व्यवस्थापक राज कटुवाल र सहयोगी रोसीका लुइँटेल हुनुहुन्छ ।
शृंखलाममा नेत्र बिक्रम खड्का, युगज्योति क्रियाशील, कन्चन खड्का, नब नवीन खतिवडा, लोकेन्द्र भण्डारी, सुरेन्द्र सिग्देल, लक्ष्मन चौलागाईं, बाबुराम साक्य, राज कटुवाल, अस्मिता राना, बिनय श्रेष्ठ, मुना थपलिया, अस्बिन क्षेत्रीलगायतको अभिनय रहने छ।
युटुब र राष्ट्रिय टेलिभिजनमा प्रशारण हुने ‘सजिलो छ त ?’को छायांकनपछि ‘मेरो एउटा प्रेम कथा’को छायंकन प्रारम्भ हुने समीर जोशी बताउनुभयो ।