पोखरामा स्वतन्त्र उम्मेदवार ऋगेन्द्रको पक्षमा जनलहर, यस्तो छ एजेण्डा

NEWS
Spread the love

आज उम्मेदवारहरू निकै दौडधुपमा छन्। कतिपय उम्मेदवारले विपक्षीलाई गोली गर्नमै समय खर्चिएका छन्। केही उम्मेदवार भने सिर्जनात्मक ढङ्गले आफूलाई प्रस्तुत गरिरहेका छन्।

कास्की क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिएका ऋगेन्द्र नेपाली गिरीले मौन अविध (स्थिर अवधि) सुरु हुनअघि बिहीबार पोखरामा साइकल र्याली निकालेका छन्।

उनले पोखराको चमेरे गुफादेखि, महेन्द्र गुफा हुँदै गुप्तेश्वर गुफासम्म र्याली निकाले।

‘नेपाल तब बन्छ जब नेपालमै बन्छ’ नारासहित स्वतन्त्र उम्मेदवारी दिएका गिरीले इन्धनको मूल्य चर्को भइरहेको अहिलेको अवस्थामा साइकलको महत्त्व अझै बढेकाले यसको प्रवर्धन गर्नुपर्ने आवश्यकता रहेको बताए।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्दै प्रदूषण कम गर्न, पर्यटन प्रवर्द्धन गर्न, अनावश्यक खर्च कटौती गर्न तथा स्वस्थ रहन साइकलको भूमिका महत्त्वपूर्ण रहने उनले बताए ।

गाँजालाई वैधानिक बनाएर ओषधिलगायत यसबाट उत्पादन हुने वस्तुलाई विदेश निर्यात गर्ने र नेपालको अर्थतन्त्रलाई लोकप्रिय बलियो बनाउने उनको योजना छ ।

क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका गिरी सामाजिक अभियन्ताका रूपमा चर्चित छन् ।

युवाहरूलाई रोजगारीको व्यवस्था गर्ने, मुलुकको अर्थतन्त्रलाई सबल बनाउने र स्वास्थ्य, शिक्षालाई सुधार ल्याउने उनको योजना छ ।

उनले नेपाल रक्सी र गाँजालाई ब्रान्डिङ गरेर विदेशमा निर्यात गर्दा अर्थतन्त्रमा फाइदा पुग्ने तथा पर्यटन प्रवर्द्धन समेत हुने उनले बताउँदै आएका छन् ।

उनले यसअघि साइकल सवारीको प्रवर्द्धन गर्नका लागि उनले विश्व साइकल यात्री पुष्कर शाहलाई पोखरामै ल्याएर र्यायली आयोजना गरेका थिए ।

त्यस्तै पोखरामा विभिन्ना अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको आयोजना, खेलकुद प्रतियोगिताको आयोजना तथा पर्यटन प्रवर्द्धनमा समेत उनकै सक्रियता रहदैँ आएको छ ।

विश्व साइकल यात्री शाह, कृषि विज्ञ मदन राई, चलचित्र निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्कीलगायत सेलिब्रेटीहरूले उनको पक्षमा मत मागिरहेका छन् ।

युवा पुस्तामाझ लोकप्रिय गिरी आफ्ना एजेन्डाहरूका कारण सामाजिक सञ्जालमा पनि निकै चर्चित बनका छन् ।

कास्की २ मा एमालेकी विद्या भट्टराई तथा गठबन्धनबाट एकिकृत समाजवादीका श्रीनाथ बरालसहित अन्य विभिन्न पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् ।

अन्य उम्मेदवारहरू गाली-गलौजमा उत्रदाँ गिरी आफ्नो एजेन्डा शशक्त रूपमा राख्दै जनताको घरदैलोमा पुगेका छन् ।

स्वतन्त्र उम्मेदवार गिरीको पक्षमा देखिएको राम्रो जनलहरले जनता परिवर्तनको पक्षमा छन् भन्ने संकेत गरेको छ ।

यो पनि

कास्की २ मा ऋगेन्द्र गिरीको लोकप्रियता बढ्दै, यस्तो छ घोषणापत्र

z

Leave a Reply

Your email address will not be published. Required fields are marked *