एलओडीमा ओली, गुञ्जियो चुनावी गीत

NEWS

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् ।

‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् ।

चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ ।

त्यहाँ एमाले सरकारको पालामा भएगरेका विकास निर्माण समेटिएको र्‍याप गाइएको थियो । ‘सहर सहरमा ओली’ गीतमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भूभाग नक्सामा राखेकोलगायतका विषय समेटिएका छन् ।

युवामाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गर्दै ओलीले फेसबुक पेजमा तस्बिरहरू राखेका छन् । ओली आफैँले पनि गीत गाए, रमाइलो गरे ।

गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *