आहा! मनै लोभ्याउने तामाकोशी नदी किनारको दृश्य (फोटोफिचर)

NEWS

रामेछापको सदरमुकाम मन्थली बजारसँगै देखिएको तामाकोशी नदी । नदी किनारमा झुलेको पहेँलपुर धानखेती ।

यस नदीको पानीलाई सिँचित गरी खेतसम्म लगिएको छ । सिँचाइ सुविधापछि यस क्षेत्रमा कृषि उत्पादन बढेको छ । तामाकोशी नदी रापेछाप जिल्लाकै एउटा महत्व बोकेको नदी हो ।

तामाकोशी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो । तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ ।

तामाकोशी नदी थुप्रै हिमनदी र हिम शिखर पग्लेर तिब्बतबाट बग्न सुरु गर्दछ । बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ किमी फैलिएको छ ।

तामाकोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ । यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ । राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापलाई सितलामाजु नाम दिइएको थियो ।

जसले उनीहरूको कठिन यात्रा र दुःख वर्णन गर्दछ । गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ, जसबाट यो नदी उत्पन्न भएको हो । यस नदीको पानीको गति असाध्यै उच्च छ । यस नदीको पानीको बहाबलाई ग्रेड ४.६ दिइएको छ । तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो ।

धेरै उच्च बहाब र रेपिडको कारण यो नदी व्यवसायिक प्रयोग को लागि कठिन छ । व्यवसायिक प्रयोग कठिन भए पनि र्‍याफ्टिङ्ग र क्याकिङ्गको लागि यो नदी पनि प्रयोग हुँदै आएको छ । यो नदी दोलखा, रामेछाप, सिन्धुली हुँदै बग्ने नदी हो ।

नेपालको बहुप्रतिष्ठित माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४५६ मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ ।

-हेर्नुहोस् तामाकोशी नदी किनारमा देखिएको मनोरम फाँट

तस्बिरः गोविन्द भुजेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *