कावासोतीमा २० क्विन्टल सडेगलेका माछा भेटिएपछि…

NEWS

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले करिब २० क्विन्टल सडेगलेका माछा नष्ट गरेको छ ।

मंगलबार कावासोती नगरपालिका- ८ वन कार्यालय नजिकै पूर्व-पश्चिम राजमार्गमा माछा बरामद गरी नष्ट गरिएको हो ।

रुपन्देहीको छपियाबाट काठमाडौं जाँदै गरेको लु २ च ६९०३ नम्बरको बोलेरोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी(पूर्व)बाट प्रहरी सहायक निरीक्षक बाबुराम नेपालीको कमाण्डमा खटिएको चेकिङ टोलीले माछा बरामद गरेको हो ।

करिब २० क्विन्टल उक्त माछाको मूल्य लगभग चार लाख ७५ हजार रुपैयाँ पर्छ ।

सडेगलेको माछा बरामद गरी बलेरो चालकलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमामा राखिएको प्रहरी सहायक निरीक्षक नेपालीले जानकारी दिनुभयो ।

सडेगलेका उक्त माछा जिल्लाका माछा व्यवसायी संघ नवलपुर, भेटेनेरी प्राविधिक (डाक्टर), जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा जन प्रतिनिधिसहितको उपस्थितिमा कावासोती ३ अन्तर्गत नगरपालिकाको डम्पिङ साइडमा खाल्डो खनि पुरेर नष्ट गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय, कावासोतीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *