नवआगमन संरक्षक समाजको आयोजनामा मनाइयो प्रथम अन्तर्राष्ट्रिय संरक्षक दिवस

NEWS

काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय संरक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल लगायत २५ वटा राष्ट्रले अक्टोबर १९ का दिन एकैसाथ संरक्षक दिवस मनाएका हुन् ।

नव आगमन संरक्षक समाजले आयाेजना गरेकाे कार्यक्रममा अति अशक्त तथा पूर्ण अशक्त अपाङगता भएका बालबालिकाका संरक्षककाे सहभागिता थियाे । दिवसको अवसरमा र्‍याली समेत निकालिएको थियो ।

संरक्षकहरुकाे संरक्षण गराैं भन्ने मुल नाराका साथ रत्नपार्कबाट सुरु भएको र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएकाे थियाे ।

गाेमादेवी अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मष्तिस्क पक्षाघात स्वाबलम्वन समूहका कार्यकारी अधिकृत बिमललाल श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्याे ।

संरक्षकहरुलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रुपमा सशक्त र सक्षम बनाउने उदेश्यले २०७६ सालमा गठन भएकाे नव आगमन संरक्षण समाज सूर्यविनायक भक्तपुरमा उपत्यका भित्र बसाेबास गर्ने करीब पाँच सय संरक्षक आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *