पाटनमा चीनको प्रगति समेटिएका तस्बिर: ‘चीनको अद्भूत दशक’

NEWS

ललितपुर । ललितपुरस्थित पाटन दरबार स्क्वायरमा चीनले १० बर्षयता गरिबी निवारण, पूर्वाधार, स्वास्थ्य र विज्ञान तथा प्रविधि क्षेत्रमा हाँसिल गरेको उपलब्धीका फोटो तथा ‘इन्फोग्राफ’ प्रदर्शन गरिएको छ ।

फ्रेन्ड्स अफ सिल्क रोड क्लबले चिनियाँ कम्युनिष्ट पार्टीको जारी २०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा ‘चीनको अद्भूत दशक’ नामक एक दिने फोटो प्रदर्शनीको आयोजना गरेको हो ।

चरम गरिबी उन्मूलनमा चीनले गरेको सफलता, हरित प्रविधिमा गरिएको ठूलो लगानी, स्वास्थ्य सेवामा सुधार, वैज्ञानिक अनुसन्धानमा लगानी, उच्च प्रविधि उत्पादनमा भएको वृद्धिलगायतका फोटो प्रदर्शनीमा राखिएका छन् ।

चिनियाँ राष्ट्रपति नेपाल भ्रमण रहँदा बखतको फोटो पनि प्रदर्शनीमा समावेश गरिएका छन् । बिहीवार बिहान ८ः०० बजेबाट सुरु भएको फोटो प्रदर्शनी साँझ ४ः०० अन्त भएको छ ।

प्रदर्शनीको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरेका थिए । प्रदर्शनीमा चिनियाँ जनता र चिनियाँ सम्पदाहरूका फोटोलाई बिशेष महत्व दिइएको छ ।

चिनले २०१२ मा ९८.९९ प्रतिशतमा रहेको ग्रामीण अतिरिक्त गरिबीलाई २०२० मा शून्यमा झारेको थियो । चीनले पछिल्ला बर्ष उच्च मूल्य अभिवृद्धि औद्योगिक उत्पादनलाई तीव्रता दिइरहेको छ ।

सन् २०१३ देखि २०२१ सम्म मात्रै चीनको मूल्य अभिवृद्धि औद्योगिक उत्पादनमा औसत वार्षिक ६.१ प्रतिशतले वृद्धि भएको छ । जुन, विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूको तुलनामा धेरै बढी छ ।

योसँगै चिनले ०२१ मा औद्योगिक रोबोटको उत्पादन तीन लाख ६६ हजार पुर्याउन सक्यो । यो दर बाषिक आधारमा ६७ प्रतशितले धेरै हो । नयाँ ऊर्जा सवारी साधनहरूको उत्पादन पनि १४५ प्रतिशत प्रगति गरेको छ ।

कसले के भने ?

कार्यक्रममा बोल्दै पर्यटन मन्त्री श्रेष्ठले यस प्रकारको प्रदर्शनीले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ पार्ने जिकिर गरे ।

त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनालीले चीनले हासिल गरेको सफलताको बारेमा चर्चा गरेका थिए ।

प्रदर्शनीबाट चीनले चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको उपलब्धि र विकासबारे नेपाली जनतालाई जानकारी दिने उद्देश्य लिइएको क्लबका अध्यक्ष डा. कल्याण शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *