विपन्न परिवारलाई दाहसंस्कारको लागि दिलीपको सहयोग

NEWS

काठमाडौं । युवा समाजसेवी तथा नेकपा एमाले बागमती प्रदेश सहरी विकास विभाग सदस्य दिलीप बस्नेतले एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

चैतारा सागाचोकगढी नगरपालिका-६ निवासी ३६ वर्षीया सविता नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

गर्भवती सविताको बच्चा जन्माउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सविताको मृत्यु भएपछि परिवारसँग दाहसंस्कारको लागि पैसा थिएन ।

घटनाबारे जानकारी पाएलगत्तै सिन्धु काठमाडौं सम्पर्क मञ्चका सल्लाहकार समेत रहेका दिलीपले सविताको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

अस्पतालबाट पशुपति आर्यघाटसम्म शव पुर्‍याउन लागेको खर्च तथा दाहासंस्कारको लागि लागेको सम्पूर्ण रकम दिलीपले सहयोग गरेका हुन् ।

उनको परिवारलाई घर जानको लागि दिलीपले गाडीको व्यवस्था मिलाउनुका साथै अर्थिक सहयोग समेत गरेका छन् ।

‘अस्पतालमा निको हुन्छ कि भनेर भर्ना गरेको तर उपचारको क्रममा उनको (सविताको) ज्यान गयो । पैसा पनि थिएन बिचल्ली नै भएको थियो’, मृतकका जेठाजु बद्रि नेपाली भावुक हुँदै भने, ‘यस्तो बेलामा दिलीप सरले ठूलो सहयोग गर्नुभयो । हाम्रो लागि उहाँ भगवान बनेर आइदिनुभयो । उहाँलाई धेरै धेरै धन्यवाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *