एक चीन नीतिप्रति प्रतिवद्ध छौः दलका नेता

NEWS

काठमाडौं । नेपालले लिएको असंलग्न परराष्ट्र नीति आत्मसाथ गर्दै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको राजनीतिक दलका नेताहरुले बताएका छन् ।

फ्रेन्सड्स अफ सिल्क रोड क्वले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले नेपाल राष्ट्र एक चीन नीतिप्रति आफ्नो पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “नेपाल असंलग्न राष्ट्र हो, एक चीन नीतिप्रति प्रतिवद्ध छौ ।” छिमेरी राष्ट्र आर्थिकरुपमा अघि बढ्दा र एकआपसमा मित्रवत व्यवहार हुँदा सबैलाई फाइदा हुने उहाँको भनाई थियो ।

नेकपा (माले)का विदेश विभाग प्रमुख सुरेन्द्र ढकालले नेपालले लिएको एक चीन नीति सही भएको र चीन विरोधी गतिविधिमा नेपाललाई सही नभएको बताउनुभयो । “छिमेकी राष्ट्रले गरेको उन्नति र प्रगतिमा हामी खुशी छौ” उहाँले थप्नुभयो, “छिमकमा समृद्धि र शान्ति भए हामीलाई पनि आन्नन्द हुन्छ ।”

नेकपा (क्रान्तिकारी माओवादी) का नेता इन्दु राउतले नेपालको असंलग्न परराष्ट्र नीतिप्रति पार्टी प्रतिवद्ध रहेको र नेपालको भूमी प्रयोग गरेर चीन विरोधी गतिविधि दिन नहुने धारणा राख्नुभयो ।

पत्रकार सम्मेलनमा अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको ताइवानको भ्रमणका विषयमा दलका नेताहरुले उक्त धारणा व्यक्त गर्नुभएको हो । अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सीले यही साउन १७ गते अगष्ट २ मा ताइवान भ्रमण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *