‘प्रसाद २’ मा लफडा : फिल्म छोडेर किन फर्किए विपिन र नम्रता ?

ENTERTAINMENT
Spread the love

केही साता अघि फिल्म ‘प्रसाद २’ निर्माणको घोषणा भयो।

केही वर्ष अघिको सफल फिल्म ‘प्रसाद’को सिक्वेल फिल्ममा शीर्ष कलाकार थिए विपिन कार्की र नम्रता श्रेष्ठ।

केही दिन अघि कलाकार लिएर निर्माण युनिट फिल्म छायांकनका लागि निस्कियो।

तर फिल्मको सुटिङ भन्दा पहिला निर्माता र कलाकारबीच विवाद सुरु भयो। अन्ततः कलाकार र निर्माता बिचको लफडाले फिल्म छायांकन रोकिएको छ।

कलाकार विपिन कार्की र नम्रता श्रेष्ठ फिल्मको छायांकन छोडेर हिँडेका छन्।

फिल्म छायांकनका लागि कास्कीको ल्वाङ गाउँ पुगेका कलाकारले छोडेपछि सुटिङ अनिश्चित बनेको छ।

कलाकार फर्किएपछि निर्देशक सुदर्शन थापा सहितको प्राविधिक टोली पनि काठमाडौं फर्किएको छ।

फिल्म छायांकनकाे अन्तिम तयारी चल्दै गर्दा काठमाडौं फर्किएका विपिनले पारिश्रमिकको सुनिश्चितता नभएकाले छायांकन छोडेर हिँडेको बताए।

विपिनले फिल्म निर्माण कम्पनी सुवास थापा प्रोडक्सन कम्पनीसँग पारिश्रमिकको सुनिश्चितता नहुँदासम्म फिल्ममा काम नगर्ने विपिनले अडान लिएका छन्।

विपिनले विशेषगरि बलिउड फिल्म ‘एनिमल’ साइन गरेपछि उनको घमण्ड बढ्न थालेको केही फिल्मीकर्मीले आरोप लगाउन थालेका छन् ।

विपिनले पारिश्रमिक पनि उच्च माग्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *