जिटिन अध्यक्षमा पिताम्बर गुरुङ

SOCIETY
Spread the love

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन)को अध्यक्षमा पिताम्बर गुरुङ चयन हुनुभएको छ । मंगलबार सम्पन्न जिटिनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा बाबुराम गुरुङ, द्धितीय उपाध्यक्षमा बिन्दु गुरुङ, महासचिवमा जय गुरुङ, सचिवमा दीलबहादुरु गुरुङ, कोषाध्यक्षमा अविनाश गुरुङ र सहकोषाध्यक्षमा महावीर गुरुङलाई चयन गरेको छ भने सदस्यहरुमा धनबहादुर गुरुङ, अम्बिर गुरुङ, सञ्जिव गुरुङ, सिम्बिर घले, दिलु गुरुङ, रेनु गुरुङ, विकास गुरुङ र सुनिल गुरुङ चयन हुनुभएको छ ।

सो अवसरमा जिटिनका सल्लाहकार तथा नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङ ‘डाक्टर हर्क गुरुङ’ पुरस्कारबाट सम्मानित हुनुभयो ।

यसैगरी हेरालो खबर पत्रकार वेद बहादुर गुरुङ्ग (विवेक) र समुनत मासिक पत्रिकका पत्रकार महेश्वर गजुरेल जिटिन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभयो ।

जिटिनले विभिन्न पर्यटकीय संघसंस्थामा निर्वाचित पदाधिकारीलाई खदा लगाई बधाई तथा शुभकामना दिएको छ । पर्यटन क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

डाक्टर ओम गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न वक्ताले शुभकामना मन्तब्य राखेका थिए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, वरिष्ठ पर्यटन व्यवसायी ट्रिपल गुरुङ लगायतले जिटिनको कामको प्रशंसा सहित शुभकामना दिनुभयो ।

जिटिनका निवर्तमान अध्यक्ष अम्बिर गुरुङले जिटिनले गर्दै आएको काम र जिटिननको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । जिटिन मजदूर कोष स्थापना, कोभिड पीडित मजदुरलाइ राहत वितरण लगायत थुप्रै काम जिटिनले गर्दै आएको छ । आफ्नो कार्यकालमा सम्पन्न गर्न नसकिएका कामहरु नयाँ नेतृत्वले गर्नेमा आफू विश्वस्त रहेको निवर्तमान अध्यक्ष गुरु गुरुङले बताउनुभयो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामा, संघका महासचिव तथा जिटिनका संस्थापन अध्यक्ष कुलबहादुर गुरुङ संघका सचिव तथा जिटिनका संस्थापक महासचिव टिकाराम गुरुङले जिटिनको भूमिका र जिटिनले दिएको अवसरको खुलेर चर्चा गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष पिताम्बर गुरुङले सबैको सल्लाह र सहकार्यमा नेपाली पर्यटन क्षेत्र र गुरुङ पर्यटन व्यवसायीको हक हितका लागि काम गर्ने बताउनुभयो । सोही अवसरमा डाक्टर टेक गुरुङले गुरुङ जातिको इतिहासबारे आफूले गरेको खोज अनुसन्धानबारे प्रकाश पार्नुभयो । दुइ वर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको अधिवेशनमा जिटिनका पूर्व अध्यक्ष कमला गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *