सीमा नाकामा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

NEWS
Spread the love

काठमाडौं । भारत र चीनमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सीमानाकास्थित स्थलमार्ग र हवाइ मार्गका हेल्थ डेस्कमा कडाई गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकसँगको सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।

सीमा नाकाहरु पशुपतिनगर, काँकडभिट्टा, रानी, इनरुवा, गौर, माडर, रसुवागढी, तातोपानी, जमुनाह, बेलहिया, कृष्णनगर, त्रिनगर, गड्डाचौकी, भिट्टामोड, झुलाघाट, पुलघाट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हेल्थ डेस्कलाई स्क्रिनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन सरकारले निर्देशन दिएको छ।

साथै कोरोना परीक्षणको क्रममा पोजेटिभ देखिएका नमुनालाई प्रदेश जनस्वास्थ्यसँग समन्वय गरी जिन सिक्वेसिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने व्यवस्था गर्न समेत निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *