काठमाडौं । ज्योति खतिवडाको सन्देश मुलक गीत सार्वजनिक भएको छ । ज्योतिको त्याग बोलमा रहेको गीत सार्वजनिक भएको हो ।
राष्ट्रिय नाचघर जमलमा चित्रपुर अभिभावक स्वावलम्बन समूहले आयोजना गरेको मस्तिष्क पक्षाघात तथा अन्य अपाङगता भएका बालबालिकाको दिवा कक्षा संचालनका लागि सहयोगार्थ च्यारीटि शोमा गीत सार्जवनिक गरिएको हो ।
अपाड्गता भएका बालबालिकाको संरक्षकको कष्टकर जीवन भोगाई, संघर्ष र त्याग देखाइएको गीतले संरक्षकहरुलाई उत्प्रेरणा दिने सर्जक ज्योतिले बताइन् ।
गीतमा ज्योतिको आफ्नै शब्द र आवाज छ भने विनय कार्कीको संगीत छ ।
गीतको भिडियो छायांकन विनोद श्रेष्ठले गरेका हुन् भने सुनिल श्रेष्ठले भिडियो सम्पादन गरेका छन् ।
आफ्नै छोरा अर्वाचिन अधिकारीका साथ प्रस्तुत भएकी ज्योतिले भिडियोको निर्देशन समेत आफैँले गरेकी हुन् ।
आफैँ एक संरक्षक भएको हुँदा आफ्ना जीवन कथालाई भिडियोमा प्रस्तुत गर्न ससहज भएको उनले बताइन् ।