काठमाडौं महानगरपालिका-२८ कमलादीमा केन्द्रीय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो दोस्रो विस्तारित काउण्टर काठमाडौं-१४ कालीमाटीमा पनि शुभारम्भ गरेको छ ।
संस्थाका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले विस्तारित काउण्टरको शुभारम्भ गर्नुभएको छ ।
निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीका रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौं महानगरपालिका–२८ कमलादीमा केन्द्रीय कार्यालयसहित न्युरोड, ललितपुरको पुल्चोक र लगनखेल, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ्रे, धनुषाको धनुषाधाम, मकवानपुरको हेटौंडा काठमाडौंको कान्तिपथमा विस्तारित काउण्टरको सेवा प्रदान गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्ववराज थपलियाले जानकारी दिनुभयो ।
निकट भविष्यमा नै रुपन्देहीको तिलोत्तमा र गोरखाको पालुङ्गटारमा शाखा कार्यालय स्थापना गर्न लागेको संस्थाका संचालक दिप्रश शाक्य (Diprash Shakya) ले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका संचालकहरु दिप्रश शाक्य, राजन प्रजापती, चन्द्र कुमार राई र संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद गौतम, प्रबन्धक सागर प्रजापति एवम् काठमाडौं इन्जिनियरिङ्ग कलेजका विभागीय प्रमुखहरु स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवी र समासेवी महानुभावहरुको उपस्थिति थियो ।
संस्थाले आधुनिक बैंकिङ्ग सेवाको साथै Connect IPS, IPS RTGS, Digital Banking, Mobile Banking एवम Debit Card मार्फत सम्पूर्ण शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।