शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनमा बढिरहेको छ ।
यो समस्याका कारण तपाईंको काम प्रभावित त हुन्छ नै बेवास्ता गर्दा ठुला समस्या समेत निम्तिन सक्छन् ।
हाम्रो बानी के हुन्छ भने टाउको दुख्यो कि पेनकिलरज खाइहाल्ने ।
अत्याधिक पेनकलिरको प्रयोग स्वास्थ्यको लागि राम्रो होईन ।
धेरै पेनकिलर खाँदा पछि तपाइँको स्वास्थ्यमा अन्य थप समस्याको जोखिम अत्याधिक हुन्छ ।
त्यसैले आज हामी हाम्रै भान्सामा पाइने घरेलु औषधिको प्रयोग गरेर कसरी टाउको दुखेको कम गर्ने भन्ने विषयमा चर्चा गर्दैछौँ ।
माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ ।
पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो ।
यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउनुहोस् ।
यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्नेछ ।
टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धति मानिन्छ ।
ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् ।
नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।
दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस्, अनि पेष्टलाई टाउकोमा लगाउनुहोस् ।
यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुनेछ ।
लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् ।
किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।
लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ ।
यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् ।
वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।
धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ ।
यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् ।
राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।