भाइको जीवन बचाइदिन दिदी अनिताको अपिल

NEWS

बेसीशहर । लमजुङको बेसीशहर नगरपालिका-१० का २९ वर्षीय विकाश घिमिरे हाल जीवन र मृत्युसँग लडिरहेका छन् ।

विगत दुई वर्षदेखि उनी ब्लड क्यान्सरको सिकार बनेका छन् । उनको भारत, नयाँ दिल्लीमा रहेको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा थप समस्या भएको छ ।

‘भाइलाई क्यान्सर पुष्टि भएसँगै उपचारको लागि भारत लग्यौं, आजसम्म जसोतसो गरेर उपचार गरिरहेका छौं ।’, विकासकी दिदी अनिताले भनिन्, ‘थप उपचारको लागि रकम जुटाउन असमर्थ छौं ।’

भाइलाई बचाउनको लागि उपचारमा ठूलो रकम खर्च हुने भएकाले सम्पूर्ण शुभचिन्तक तथा सहयोगी मनहरुसमक्ष आफूले सकेको सहयोग रकम बैंक ख़ातामा जम्मा गरिदिनुहुन अनिताले आग्रह गरेकी छन् ।

‘मलाई वा आफन्तलाई सम्पर्क गरि सहयोग जुटाइदिन वा सहयोग गरिदिनुहुन सविनय अनुरोध गर्दछु ।’ आँखाभरी आँशुसहित अनिताले भनिन् ।

‘हजुरहरुको सानो सहयोगले मेरो भाइले नयाँ जीवन पाउने छ । पिरको भारीले थिचिनुभएकी बुढी आमाको भिजेको आँखा सुकिलो भएको हेर्ने मन छ । कृपया मेरो भाइलाई, परिवारलाई चिन्ने-नचिन्ने सबैलाई सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।’, अनिताले भनिन् ।

सहयोगको लागि:

NIC ASIA BANK, Besishahar branch
A/c No: E887985763952401
BIKASH GHIMIRE

Global Ime Bank, Besishahar branch
A/c No: A60701003335
BIKASH GHIMIRE

सम्पर्क:

दिदी : अनिता घिमिरे बराल
फोन : 9846196795
आमा : 9846193087

सानो पुजा पसल सञ्चालन गर्दै आएका विकासका बुबा तुलसी घिमिरे र आमा पिपला घिमिरे छोराको जीवनरक्षाको लागि भगवानसँग प्राथना गरिरहेका छन् ।​

Leave a Reply

Your email address will not be published. Required fields are marked *