गुणमा ‘कर्म’, आम्दानी बौद्ध बिहारको जिर्णोद्धार र संरक्षणमा

ENTERTAINMENT
Spread the love

काठमाडौं । बौद्ध कथामा आधारित नेपाल भाषाको चलचित्र ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल, ग्वार्काेमा प्रदर्शन भएको छ ।

रामकृष्ण खड्गीको पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रको निर्माता राजेन्द्र शाक्य (Rajendra Shakya) हुनुहुन्छ भने, दिप्रश शाक्य (Diprash Shakya) सह निर्माता हुनुहुन्छ ।

गुण समूहले निर्माण गरेको चलचित्रमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्म शाक्य, अशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरन सायमी लगायतको अभिनय छ ।

पहिलो दिनको विशेष ‘सो’ मा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन,निर्माता छबिराज ओझालगायत कलाकार उपस्थित हुनुहुन्थ्यो ।

निर्माता दिजेन्द्रले यो चलचित्रले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरूको जीर्णाेद्धार, संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै विभिन्न सामाजिक संस्थालाई प्रदान गरिने जानकारी दिनुभयो ।

निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताउनुभयो ।

यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो ।

दुवै फिल्मको आम्दानी सामाजिक कार्यमा लगाइएको सहनिर्माता दिप्रश शाक्य (Diprash Shakya) ले जानकारी दिनुभयो ।

को सहनिर्माता दिप्रश शाक्य (Diprash Shakya) हुनुहुन्छ ।

रामकृष्ण, बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण वंशीले गर्नुभएको हो । फिल्म लुःज सिंहले खिच्नुभएको हो ।

यो पनि

गुण फिल्म्सको ‘कर्म’ (ट्रेलर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *