काठमाडौं । आन्तरिक उडानमा नेपाल एयरलाइन्सको उपस्थिति खस्किँदै आएको छ। प्रत्येक वर्ष उडान संख्या घट्दै गएका छन् ।
आन्तरिक उडान गर्ने भनेर ल्याइएका चिनियाँ जहाज ग्राउन्डेड छन् भने पूराना टि्नटरबाट सीमित उडानमात्र भएको छ ।
आन्तरिक उडानमा नेपाल एयरलाइन्सलाई प्राय धेरै एयरलाइन्सले उछिन्दै आएका छन् ।
सन् २०२१ को अन्तिममा उडान सुरु गरेको गुण एयरलाइन्स (Guna Airlines) ले नै नेपाल एयरलाइन्सलाई उछिनेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार नेपाल एयरलाइन्सलाई Guna Airlines ले उछिनेको छ ।
Guna Airlines असोजदेखि सञ्चालनमा आएको थियो ।
Guna Airlines ले सन् २०२१ मा ५५ हजार यात्रु बोकेको Guna Airlines का म्यानेजिङ डिरेक्टर दिप्रश शाक्य (Dipras Shakya) ले जानकारी दिनुभयो ।
नेपाल एयरलाइन्सले भने जम्मा २० हजार २०८ यात्रुमात्र बोकेको छ ।