प्र्यांक भन्दै अश्लील भिडिओ बनाउने युट्युवर पक्राउ

SOCIETY
Spread the love

काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडियो अपलोड गरेको आरोपमा एक युट्युवर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ घर भई हाल काठमाडौं अनामनगर बस्ने ३५ वर्षीय रामबहादुर मल्ल छन् ।

युट्युव च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडियो सर्वजनिक गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामबहादुर मल्लले ‘साथीभाइ अनलाइन टिभी’ नामक युट्युव सञ्चालन गरेका छन् ।

उक्त च्यानलमा प्रयांक भन्दै समाजमा अश्लीलता फैलाउने किसिमका भिडियो पोस्ट भएका छन् ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार, रामबहादुर मल्लले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *