चिनियाँ कम्युनिष्ट पार्टीको दक्षिण एसियाली बामपन्थीसँगको मित्रता

NEWS

काठमाडौं, १० मंसिर २०७८ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले १९औँ दक्षिण एसियाली देशका वामपन्थी दलहरूबीचको शासन अनुभवसम्बन्धी सम्मेलनको आयोजना गरी बामपन्थी पार्टीहरुसँगको मित्रताको कदर गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीका सञ्चारमन्त्री सोङ ताओले १९ औँ सम्मेलनले व्यापकता, समृद्ध अर्थ र विश्वव्यापी प्रभावको परिचय दिन र चिनियाँ विशेषतासहितको समाजवादलाई नयाँ युगमा पु¥याउने बताउनुभयो ।

उहाँले चिनिया कम्युनिष्ट पार्टीका नेता तथा चीनका राष्ट्रपति सी जिनपिङले सम्पूर्ण पार्टीको मुख्य नेतृत्व र सबै जातीय समूहका चिनियाँ जनताको सबै चुनौतीलाई लक्षित समयको लागि चौतर्फी रूपमा समृद्ध समाज निर्माण गर्ने योजनाअनुसार काम भइरहेको बताउनभयो।

मन्त्री ताओले चिनियाँ विशेषतासहितको समाजवादको महान् जीवन्तता र चिनियाँ राष्ट्र खडा, समृद्ध र बलियो हुँदै अगाडि बढेको ठूलो फड्कोलाई देखाउँदै पार्टी र देशका लागि ऐतिहासिक उपलब्धि र परिवर्तनहरू भएको छ भन्नुभयो ।

पार्टीले चिनियाँ जनताको खुशी र चिनियाँ राष्ट्रको पुनरुत्थानका लागि मात्र नभई मानव जातिको प्रगति र विश्वको साझा विकासका लागि पनि प्रयास गरिरहेको उहाँको भनाई थियो ।

विश्वव्यापी परिप्रेक्ष्यबाट मानवजातिको भविष्य र भाग्यमा ध्यान दिएको र पार्टीको मुख्य प्रतिनिधिको रूपमा नेता सीले मूल सिद्धान्तलाई पालना गर्दै चिनियाँ ठोस अभ्याससहितको माक्सवाद, चिनियाँ उत्कृष्ट परम्परागत संस्कृतिसँगको संयोजन, नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई प्रवद्धन गर्ने, मानव भाग्य समुदायको निर्माणलाई प्रवद्धन गर्ने, मानव जातिको मूल्यलाई अगाडि बढाउने र मानव प्रगतिको प्रवृतिलाई अगाडि बढाउन पालन गर्ने संयोजन गरेको मन्त्री ताओको भनाई थियो ।

सम्मेलनबाट दक्षिण एसियाका वामपन्थी पार्टीहरूसँग सिद्धान्त, मार्ग र पार्टी निर्माणमा आदानप्रदान र आपसी सम्बन्धलाई सुदृढ गर्न, सीपीसी शासन व्यवस्था, समाजवादी निर्माण र मानव सामाजिक विकासका नियमहरूलाई गहिरो बुझाउन र खुशी खोज्ने आफ्नो मौलिक उद्देश्यलाई संयुक्त रूपमा पूरा गर्न तयार भएको पार्टीले जनाएको छ ।

यही मङ्सिर ६ गते सोमबार भएको सम्मेलनमा दक्षिण एसियाका नेपालसहित करिब २० वामपन्थी राजनीतिक दलका नेताहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय वामपन्थी संगठनका प्रतिनिधिहरू र मिडिया विज्ञहरूसहित करिब ३०० व्यक्ति सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *