श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

NEWS

काठमाडौं, २७ कार्तिक २०७८ । श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार काठमाडौं बैंक्वेटमा आयोजित साधारण सभामा अध्यक्ष कृष्ण धितालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी कोषाध्यक्ष बिजय कुमार सिग्देलले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक मुरारी प्रसाद तिवारीले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

सभामा आर्थिक बर्ष २०७७/७८ को वार्षिक आय व्यय बिवरण, अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन लेखा समितिको प्रतिवेदन लगायत, २०७८/७९ को अनुमानित प्रदिवेदन पारित भएको छ ।

कार्यक्रममा सम्बाेधन गर्दै प्रमुख अथिति (संस्थाका जेष्ठ सदस्य) गोपाल अर्यालले श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको प्रगतिको कामना गर्नुभयो । सभामा संस्थाका उपाध्यक्ष सयुज रन्जितले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सभामा पूर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रबिन्द्र राई, नेपाली सेनाका पूर्व प्रा. प्रमुख सेनानी अर्जुन श्रेष्ठ, स्थानीय रबिन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रमको संयोजन लक्ष्मण अर्यालले गर्नुभएको थियो ।

कार्यक्रम संचालक अजय श्रेष्ठले सहकारीको प्रगति र साधारण सभा सफल पार्न सहयोग गर्ने शेयरधनी सदस्य, कर्मचारी लगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *