ललितपुर, १७ कार्तिक २०७८ । गुण एयरलाइन्स (Guna Airlines) को सहकार्यमा महालक्ष्मी नगरपालिका-६ सिद्धिपुर र लेजेण्ड फुटसलद्धारा आयोजित “प्रथम छात्रा लेजेण्ड कप” यही कार्तिक १४ र १५ गते टिकाथली-५ ठटिकोटमा सम्पन्न भएको छ ।
प्रतियोगितामा श्री सिद्धि मंगल माध्यमिक विद्यालय प्रथम भयो ।
माउन्ट ओलिभ विद्यालय दोस्रो र भानोदय माध्यमिक विद्यालय तेस्रो भयो ।
प्रतियोगितामा उच्च गोलकर्ता कोपिला इङ्लिस सेकेन्डरी बिद्यालयकी रितिसा श्रेष्ठ बनिन् ।
प्रतियोगितामा विजयी टिमलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा ललितपुरको कोपिला इङ्गलिस सेकेण्डरी स्कुल, माउण्ट ओलिभ स्कुल, नवकुन्ज सेकेण्डरी स्कुल, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, श्री भानोदय माध्यमिक विद्यालय, ललित एकेडमी र अनन्त इङ्गलिस सेकेण्डरी स्कुल गरी ७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
गत असोज ३१ गतेदेखि कार्तिक १३ गतेसम्म सहभागी टिमलाई तालिम प्रदान गरी कार्तिक १४ गते विभिन्न चरणका खेल खेलाइएको थियो ।
त्यस्तै कार्तिक १५ गते सेमीफाइनल र फाइनलका खेल भएका थिए ।
विजयी टोली एवम सहभागी खेलाडीलाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा न ६ का अध्यक्ष वासुदेव महर्जन, गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य (Diprash Shakya) लगायतले ट्रफी, पदक तथा नगद पुरस्कार प्रदान गरे ।
गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य (Diprash Shakya) ले यस किसिमको बिद्यालय स्तरको छात्रा फुटसल प्रतियोगिता ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकामै पहिलोपटक भएकोमा उत्साहित हुदैं आगामी दिनमा सहयोग र सहकार्य निरन्तर रहने बताए ।
फाइनल खेलमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका-६, का अध्यक्ष बासुदेव महर्जन, गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य (Diprash Shakya), नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया र लायन्स क्लब इन्टरनेशनल ३२५ B२ का डिष्ट्रिक्ट पदाधिकारीहरु, लायन्स क्लब इन्टरनेशनल ३२५ B2 का रिजन चेयरपर्सन अनिल कुमार बराल एवम् लायन्स क्लब अफ काठमाण्डौ रोयल फ्रेण्ड्सका सचिव उदयन रेग्मी र कोषाध्यक्ष श्रृष्टी बज्राचार्य लगायतका पदाधिकारीको उपस्थिति थियो ।