घुम्नैपर्ने विश्वका १० देशको सूचीमा नेपाल

NEWS
Spread the love

काठमाडौं, कार्तिक १२ २०७८ । सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ ।

विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ ।

सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ ।

दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा छन् ।

कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र पर्नुलाई व्यवसायीले सुखद मानेका छन् ।

यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायी एवम् टानका पूर्वमहासचिव मोहन लम्साल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *