फेसबुकले किन फेर्‍यो नाम ? यस्तो छ वास्तविकता

NEWS
Spread the love

काठमाडौं, कार्तिक १२ २०७८ । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए ।

मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए ।

‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन,’ बिहीबार कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने ।

‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ कि यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन, यो सबै भविष्यलाई छाडिदिउँ,’ उनले भने ।

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ ।

सेयर बजारमा कम्पनीको नाम पनि फेसबुकको FB बाट परिवर्तन भएर MVRS हुनेछ ।

डिसेम्बर १ देखि कम्पनीको नाम फेसबुकबाट मेटा हुने छ ।

मेटा डट कम (साइट) पनि जुकरबर्गले लिइसकेका छन् ।

यो थाहा पाउनुहोस्:

हामीले चलाउँदै आएको फेसबुकको नाम भने परिवर्तन भने हुँदैन ।

कम्पनीको नाम फेसबुकबाट मेटा हुने हो (पहिले कम्पनीको नाम फेसबुक थियो) ।

मेटाभर्स इन्टरनेटको भविष्य भनेर विज्ञहरुले भनेका छन् ।

यो भर्चुअल रियालिटीको विकसित रुप हो, फेसबुकले विभिन्न भर्चुअल परीक्षण गरिरहेको छ ।

जस्तै मेटाभर्स प्रविधिमा तपाइँ अनलाइनमा लुगा किनमेल गर्न भन्दा पहिले त्यो लुगाको डिजिटल प्रारूपलाई लगाएर हेर्न सक्नुहुन्छ वा कार किन्नुभन्दा पहिले त्यो कारलाई भर्चुअल विश्वमा चलाएर हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *