समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित ‘मेरो एउटा प्रेमकथा’

ENTERTAINMENT

काठमाडौं । चर्चित निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा निर्माण हुने भएको छ ।

समिर जोशी हाल प्रशारणमा रहेको T series stage work talent hunt, टेलिशृंखला- खै कुरा बुझेको ? तथा चम्सुरीसँग चिया गफका निर्देशक हुन् । उनकै निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा निर्माण हुने भएको हो ।

उक्त कथा (टेलिशृंखला) भने आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने निर्देशन जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ ।

digi pay को प्रस्तुती, sanu movies र binav creations द्वारा निर्माण हुने उक्त टेलिशृंखलाको छायांकन बिनोद श्रेष्ठले गर्नेछन् भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन् ।

टेलिशृंखलाको शिर्ष गित ज्योती खतिवडाको आवाजमा रहनेछ भने सुमन कपालीले संगीत दिनेछन् ।

नयाँ तथा पुराना कलाकारको जमघट हुने उक्त टेलिशृंखलाको प्रत्येक शृंखलामा नयाँ कलाकारको अभिनय रहनेछ ।

टेलिशृंखला राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।

आम दर्शकलाई आफ्नो प्रेमकथा binavceartions@gmail.com मा पठाउन निर्माण संस्थाले आह्वान गरेको छ ।

तपाइँले आफ्नो जीवनमा भोगेको (तपाइँको प्रेमकथा) binavceartions@gmail.com मा पठाउनुभयो भने तपाइँको कथा टेलिश्रृंखलामार्फत प्रसारण गरिनेछ ।

तपाइँले पठाउनुभएको कथा उत्कृष्ट अर्थात प्रशारणयोग्य भएमा उचित पारिश्रमिक समेत प्रदान गरिने निर्देशन जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *