काठमाडौं । संगीतकार तथा रचनाकार संजय आचार्यको नयाँ गीत सार्वजनिक भएको छ ।
‘अल्झिने छैन अब म कसैको मायाँमा…’ बोलमा रहेको गीतमा चर्चित गायक एड्रिन प्रधानको स्वर रहेको छ ।
गीतमा शब्द तथा संगीत संजय आचार्यको छ । म्युजिक एरेजमेन्ट, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ प्रज्वल राज प्रधानले गरेका हुन् ।
गीतको भिडियो संजित श्रेष्ठले खिचेका हुन् भने निर्देशन समेत उनैले गरेका हुन् । विजेश पौडेलले भिडियो सम्पादन गरेका हुन् ।
संगीतकार तथा रचनाकार संजय आचार्यको यसअघिको विवशता बोलको गीत निकै लोकप्रिय छ । उक्त गीतमा समेत एड्रिन प्रधानले आवाज दिएका छन् ।
आफ्ना अन्य नयाँ गीत क्रमशः सार्वजनिक गर्दै जाने संजय आचार्यले बताए ।
भिडियो हेर्नुहोस्ः
यो पनि हेर्नुहोस्