घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको मृत्यु

NEWS

पोखरा, २५ असोज २०७८ । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

एक जना भीरमा अड्किएर बाँच्न सफल भएका छन् । उनलाई जीवितै उद्दार गरिएको छ ।

ग१ज ६९०० नम्बरको जिप मोदी खोलामा खसेर दुर्घटना भएको हो ।

उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो ।

पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए ।

घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल हुँदु भन्ने स्थानमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन ।

दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *