पारस शाहको निवासमा चोरी, एक जना पक्राउ

NEWS

काठमाडौं, १८ असोज २०७८ । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ ।

लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले  बताए ।

पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ ।

गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए ।

आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *