किवानिज क्लब अफ काठमाडौं नेपालयको आयोजनामा म्युजिकल इभ सम्पन्न

ENTERTAINMENT
Spread the love

काठमाडौं । किवानिज क्लब अफ काठमाडौं नेपालयले विस् अटिजम् फाउण्डेसन नेपालको सहयोगार्थ “म्युजिकल इभ” आयोजना गरेको छ ।

किवानिज क्लब अफ काठमाडौं नेपालयले चर्चित गायक रुपक डोटेलको साथमा शनिबार सुकेधाराको युनिभर्सल क्याफेमा “म्युजिकल इभ” सम्पन्न गरेको हो ।

कार्यक्रममा चर्चित गायक रुपक डोटेल, सिर्जु अधिकारी र रमेश बाबुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

किवानिज क्लब अफ काठमाडौं नेपालयले अन्य विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा संचालन गर्न लागेको विस् अटिजम् फाउण्डेसन नेपालको लागि रकम जुटाउन सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा किवानिज इन्टरनेशल नेपालको नयाँ कार्यसमितिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा किवानिज क्लब अफ काठमाडौं नेपालयकी प्रेसिडेन्ट डा. अनुपमा श्रेष्ठले सहयोगी संस्थाहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विस् अटिजम् फाउण्डेसन नेपालको लागि कटैया शाहले ५६ हजार रुपैयाँ, यादव मल्लले ३५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै अन्य दाताहरुले समेत सहयोग गरेका थिए ।

क्लबले आर्थिक तथा शारिरिक रुपमा कमजोर रहेका बालबालिकाहरुको सहयोगार्थ विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको र आगामी दिनमा समेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने किवानिज क्लब अफ काठमाडौं नेपालयकी प्रेसिडेन्ट डा. अनुपमा श्रेष्ठले जानकारी दिनुभयो ।

विस् अटिजम् फाउण्डेसन नेपालले वौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षमता विकासमा काम गर्ने लक्ष्य राखेको छ । उक्त च्यारीटी मार्फत संकलन भएको रकम किवानीज क्लव अफ काठमाडौं नेपालयले फाउण्डेसनलाई उपलब्ध गराएको छ ।

कार्यक्रमको प्रमुख प्रायोजकमा गुडवील फाइनान्स रहेको थियो । त्यस्तै आइएमई फाउन्डेसन, कुल इनर्जी ड्रिक्स, ह्वाईट हिमालय ट्रेक प्रायोजकका रुपमा थिए ।

सागा एडभान्चर टुर्स एण्ड ट्राभल्स, रेवा सफ्ट, आइमार्क , छबि बेक्स, रुची फेसन वयर बिजी मल, होटल ब्लुबेरी, होटल गरंगा बन्दीपुर तथा नोटबजार, पोष्टमाण्डू एवं खबरबाणी सहयोगी संस्थाका रुपमा थिए ।

यो पनि

वीस् अटिजम् फाउण्डेसनको सहयोगार्थ रुपक डोटेलको साथमा ‘म्युजिकल इभ’