किवानीज क्लब अफ काठमाण्डौले वीस् अटिजम् फाउण्डेसन नेपालको सहयोगार्थ चर्चित गायक रुपक डोटेलको साथमा “म्युजिकल इभ” आयोजना गरेको छ।
“म्यूजिकल इभ” असोज १६ गते शनिबार काठमाण्डौको सुकेधारास्थीत यूनिभर्सल क्याफेमा दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
उक्त कार्यक्रममा युवा पुस्ताका चर्चित गायक रुपक डोटेलको साथमा सिर्जु अधिकारी र रमेश बाबुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
किवानीज क्लव अफ काठमाण्डौले अन्य विभिन्न सामाजिक संस्थाहरुसँगको सहकार्यमा संचालन गर्न लागेको वीस् अटिजम् फाउण्डेसन नेपालको लागि रकम जुटाउन सो कार्यक्रम आयोजना गरेको हो । क्लबले आर्थिक तथा शारिरिक रुपमा कमजोर रहेका बालबालिकाहरुको सहयोगार्थ विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आइरहेको छ ।
वीस् अटिजम् फाउण्डेसन नेपालले वौद्धिक अपांङता भएका बालबालिकाहरुको क्षमता विकासमा काम गर्ने लक्ष्य राखेको छ । उक्त च्यारीटी मार्फत संकलन भएको रकम किवानीज क्लव अफ काठमाण्डौ नेपालयले फाउण्डेसनलाई उपलब्ध गराउने छ ।
कार्यक्रमको प्रमुख प्रायोजकमा गुडवील फाइनान्स रहेको छ । त्यस्तै आईएमई फाउन्डेसन, कुल इनर्जी ड्रिक्स, ह्वाईट हिमालय ट्रेक प्रायोजकका रुपमा रहेका छन् ।
सागा एडभान्चर टुर्स एण्ड ट्राभल्स, रेवा सफ्ट, आइमार्क , छबि बेक्स, रुची फेसन वयर बिजी मल, होटल ब्लुबेरी, होटल गरंगा बन्दीपुर तथा नोटबजार, पोष्टमाण्डू एंवम खबरबाणी सहयोगी संस्थाका रुपमा रहेका छन् ।
“म्यूजिकल इभ” को प्रवेश शुःंल्क एक हजार ५ सय रुपैयाँ राखिएको छ । सहभागीलाई डिनरको व्यवस्था समेत छ । इच्छुक सहभागीले कार्यक्रम स्थलबाट पनि टिक खरिद गर्न सक्नेछन् ।