काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (Nepal Finance Ltd.) को २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारण सभाले चुक्ता पुँजीको १ः०.७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको नेपाल फाइनान्स लिमिटेड (Nepal Finance Ltd.) का सञ्चालक दिप्रश शाक्य (Diprash Shakya) ले जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ३४ लाख रुपैयाँ छ । हकप्रद पश्चात चुक्ता पूँजी ८३ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै साधारण सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा एक्विजिशन गर्ने प्रक्रिया अघि बढाउनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
Nepal Finance Expands Its Branch In Hetauda
फाइनान्सले गत असार अन्तिम साता ललितपुर फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हो ।

हाल नेपाल फाइनान्सको कूल शाखा सख्या १३ वटा रहेको नेपाल फाइनान्स लिमिटेड (Nepal Finance Ltd.) का सञ्चालक दिप्रश शाक्य (Diprash Shakya) ले जानकारी दिए ।
आगामी दिनमा थप शाखा कार्यालय र एक्सटेन्सन काउन्टहरु थप गरेर वित्तीय पहुँच विस्तार गर्दै व्यवसाय अभिबृद्धिमा गर्ने जनाएको छ।
नेपाल फाइनान्स नेपालकै पहिलो फाइनान्स कम्पनी पनि हो ।