पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेरको निधन

SOCIETY
Spread the love

काठमाडौं, २६ भदौ । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ ।

डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

उनैले बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्राएका थिए ।

उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए ।

उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।

सन् १९३६ मा जन्मिएका उनी नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा हुन् ।

उनी मिर्गौला, सुगर र प्रेसर सम्बन्धी समस्याबाट पीडित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *